महाधिवेशनसम्म अध्यक्ष र चुनाव नभएसम्म प्रधानमन्त्री नछाड्ने ओलीको अडान
sf7df8f}F, @) dªl;/M
g]skf ;lrjfno a}7s
k|wfgdGqL lgjf; afn'jf6f/df zlgaf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf] ;lrjfno a}7sdf kf6L{ cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL / csf{ cWoIf k'iksdn bfxfn
k|r08Ú . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा बल प्रयोग भएको बताउनुभएको छ । आफ्नो चाहनाविपरीत आइतबार (भोलि) का लागि स्थायी कमिटी बैठक तय भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहित बहुमत सदस्यले बल प्रयोग गरेको आरोप लगाउनु भएको हो ।
प्रधानमन्त्री ओलीले पार्टीमा बल प्रयोग हुन थालेको बताउँदै अर्का अध्यक्ष दाहालको लाञ्छना पत्र छलफलकै लागि उपयुक्त नभएको बताउनुभयो । साथै दाहालको उक्त प्रस्तावलाई फिर्ता लिनुपर्ने सुझाउदै उहाँले सो प्रस्तावलाई लिएर स्थायी कमिटीमा जान नसकिने बताउनुभयो ।
ओलीले राख्नुभएको धारणा उद्धृत गर्दै एक सदस्यले भन्नुभयो, ‘स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीँ छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ ।’
सहमति नभए बहुमत अल्पमतबाट भए पनि विवाद टुंगाउने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले बल प्रयोग भएका बताउनुभएको हो ।
उहाँले महाधिवेशनसम्म अध्यक्ष र चुनाव नभएसम्म प्रधानमन्त्री नछाड्ने अडान लिनुभएको छ ।
त्यसोत, गत बुधबारको सचिवालय बैठकमा ओली उपस्थित हुनुभएन । उहाँको अनुपस्थितमा भएको निर्णयअनुसार शनिबार (आज) सचिवालय बैठक बसेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीलाई लान लागिएको हो । स्थायी कमिटीको बैठक यही मङ्सिर २१ गते दिउँसो १ बजेका लागि तय गरिएको छ ।
पछिल्लो समय मन्त्रिपरिषदमा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवाद बढेको छ ।
























