citizens life insurance long ad
stcnepal long ad

अवैध लागूऔषध सहित पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित एमाउन्ट धौलागिरी ग्यारेजबाट ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर, नगद ७३ हजार रुपैयाँ, २ थान डिजिटल तौल मसिन, १ थान मोटरसाइकल र ४ थान मोबाइल सहित काठमाडौं बनस्थली बस्ने गोरखा भिमसेन गाउँपालिका–७ घर भएका ३० वर्षीय राजु ढकाल लगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ग्यारेजमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी प्रभाग गोगबुबाट खटिएको प्रहरीले उक्त ब्राउन सुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–३२ सुविधानगरबाट २ सय ७० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट सहित भक्तपुर दुवाकोट डेरा गरी बस्ने काभ्रे कालढुङगा घर भएका २५ वर्षीय जिवन बोलखेलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ ।

IME Life
kumari