citizens life insurance long ad
stcnepal long ad

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा के–के समेटिए ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सर्वाजनिक गरेको छ । समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको ब्याज घट्दा व्यवसायिक मनोबल बढिरहेको बताएका छन् । यद्दपी, निक्षेपको ब्याज धेरै घट्नु चिन्ताको विषय भएको अधिकारीले बताए ।

गभर्नर अधिकारीले निक्षेपको ब्याज घट्दा भने राष्ट्र बैंकलाई दाबब परिरहेको बताए । फलस्वरुपः केन्द्रीय बैंकले समीक्षा मर्फात मुद्दति निक्षेप र बचत खाताबीचको ब्याज दर अन्तर ५५ भन्दा बढि हुन नहुने व्यवस्था गरेको छ । बचतको ब्याजदर निकै तल्लो विन्दुमा आएपछि केही स्थायित्व कायम गर्न यस्तो व्यवस्था गरिएको हो । यस्तै, सेयर धितो कर्जाको विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने पनि केन्द्रीय बैंकले जनाएको छ ।

साथै, कोभिड १९ को असर परेका ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्नुपर्ने व्यवस्था गरिने कुरा उल्लेख छ ।

त्यस्तै, कोभिड १९ बाट प्रभावित भई विदेशी मुद्रामा साँवा तथा ब्याज भुक्तानीमा पर्न गएको असहज परिस्थितिलाई मध्यनजर गरेर विदेशी मुद्रामा लिएको ऋणको किस्ता नेपाली मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने केन्द्रीय बैंकले जनाएको छ ।

IME Life
kumari