citizens life insurance long ad
stcnepal long ad

दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न वित्तीय समावेशीकरण अपरिहार्य : गभर्नर अधिकारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरिबी न्यूनीकरण मार्फत दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न वित्तीय समावेशीकरण अपरिहार्य रहेको बताएका छन् ।

सार्क फाइनान्स भर्चुअल सेमिनारको उद्घाटन सत्रमा गभर्नर अधिकारीले दक्षिण एसियाली राष्ट्र अहिले पनि गरिबीको चपेटामा रहिरहेको बताए ।

बदलिँदो परिस्थितिमा उद्यम व्यवसाय सञ्चालन गर्न कठिनाइ रहेको बताउँदै यसका लागि विभिन्न नीतिगत परिवर्तनमार्फत सम्बोधन गरिएको जानकारी दिएका छन् ।

कार्यक्रमलाई सार्क सचिवालयका महासचिव इस्ला रुवाना वयराकोनले सन् २००७ देखि नै सार्कमा वित्तीय समावेशीकरणको एजेण्डा प्रवेश भएको बताउँदै सो क्षेत्रको वित्तीय समावेशीताको अवस्थाबारे जानकारी दिए ।

साथै, बंगलादेश बैंकका गभर्नर फजल कबीरले बंगलादेशको वित्तीय समावेशीकरणको इतिहास एवं वर्तमान अवस्था तथा दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीताका चुनौतीहरूबारे जानकारी दिए ।

IME Life
kumari