कैलाश मानसरोवर दर्शनका लागि अन्य सम्भाव्यता अध्ययन गर्न सुझाव
हुम्ला । देशका ५५ विमानस्थलमध्ये सम्भावना भएकालाई प्राथमिकताका साथ अगाडि बढाइने संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले बताउनु भएको छ ।
सिमकोट विमानस्थलको अनुगमनका लागि यहाँ आउनु भएका मन्त्री भट्टराईले हुम्लाबाट कैलाश मानसरोवरको दर्शन गर्न अन्य सम्भाव्यता अध्ययन गर्नुपर्ने र हुम्लीको विकासका लागि गुरुयोजना बनाउन आग्रह गर्नुभयो ।
मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नुका साथै नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभयो ।
उहाँले प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलगायत नेतासँग भेटी हुम्लाको संस्कृति, प्रकृति, मोटरबाटो लगायत विषयमा जानकारी लिनुभयो ।


























