citizens life insurance long ad
stcnepal long ad

त्रिविको परीक्षामा अनियमितता भएको भन्दै सर्वोच्चमा मुद्दा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गएको गत कात्तिक २६ मा प्रकाशित गरेको परीक्षाफलमा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

१८ वटा विषयको नतिजा शून्य आएको, २३ वटा विषयमा आवश्यक संख्या नै उत्तीर्ण हुन नसकेको, १ सय ७७ वटा पद फ्रिज हुनु रहस्यमयी भएको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

एउटै परीक्षार्थीको नाम उत्तीर्ण र रद्द दुवैमा प्रकाशित हुनुले शंका उब्जाएको उत्तीर्ण र रद्द दुवैमा आफ्नो नाम आएका परीक्षार्थी कपिल खनाल बताउनु हुन्छ । ।“मेरो नाम उत्तीर्णमा पनि आयो । रद्द गरिएकोमा पनि आयो । यो भन्दा ठूलो लापरबाही के हुन सक्छ रु” उहाँले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले प्राध्यापन गर्ने विषय इएनटी ९विज्ञापन नम्बर १६१र०७५र०७६० मा २ जनाको रिक्त पदमा तीन जना परीक्षार्थी संलग्न भएकोमा कसैले पनि उत्तीर्णाङ्क अंक प्राप्त गर्न नसक्नु र क्लिनिकल फर्माकोलोजीतर्फ रहेको विज्ञापन नम्बर १७८/०७५/०७६ को खुलातर्फ २ जना परीक्षार्थीले परीक्षा दिएकोमा ३ जना उत्तीर्ण हुनुले त्रिविको परिक्षा प्रणालीमा नै प्रश्न चिन्ह उब्जिएको छ ।

यसबारे छानबिन हुनुपर्ने भन्दै गएको मंसिर १४ गते सर्वोच्च अदालतमा असन्तुष्ट २६ जना परीक्षार्थीले मुद्दा दर्ता गरेको समाजशास्त्र विषय तर्फका परीक्षार्थी अञ्चला चौधरीले बताउनुभयो । सेवा आयोगले गोल्ड मेडलिस्टहरुलाई छानीछानी अनुत्तीर्ण गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

मुद्दा दर्ता गर्ने अधिकांश गोल्डमेडलिस्टहरु छन् । सेवा आयोगले थप गरेको उत्तर पुस्तिकामा कोडिङ तथा डिकोडिङ गरेकाले रद्द गरेको भन्नु नियमसँगत नभएको उनीहरुको भनाइ छ ।

आयोगले परीक्षा दिने बेलामा थप गरेको उत्तर पुस्तिकामा कोडिङ डिकोडिङ गर्ने वा नगर्नेबारे केही पनि जानकारी नगराएकोले शंका गर्नमा थप बल पुगेको अर्का परीक्षार्थी कृपा डंगोल बताउनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष लालुप्रसाद पौडेलले नतिजा प्रकाशनमा केही त्रुटि भएको स्वीकार गर्दै आउने दिनमा त्यसलाई सुधार गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले मानविय त्रुटिका कारण एउटै परीक्षार्थीको नाम रद्द र सफल दुवै ठाउँमा हुन गएकोे बताउनुभयो ।

त्रिवि सेवा आयोगबाट नतिजा प्रकाशनमा केही त्रुटि भए पनि पाठ्यक्रम अनुसार प्रश्न नआउनुमा त्रिवि सेवा आयोगको कुनै दोष नभएको उहाँको तर्क छ । प्रश्न बनाउने सेवा आयोगले नभएर विज्ञले भएको र विज्ञ विषयवस्तुमा निस्पूर्ण नभएकाले समस्या भएको हुनसक्ने यादवको भनाइ छ ।

सूचना रद्द गरिएको विषयमा आफूहरुले कारण खुलाइसकेकाले थप प्रस्ट पार्न आवश्यक नभएको उहाँले बताउनुभयो ।

यसअघि त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २ सय ४० जनाको उपप्राध्यापक पदको लिखित परीक्षा रद्द गरेको थियो । उपप्राध्यापक बन्न उत्तरपुस्तिकामै मोबाइल नम्बर लेखेर पठाएपछि उनीहरूको परीक्षा र उत्तरपुस्तिकालाई मान्यता नदिने निर्णय भएको आयोगले जानकारी दिएको थियो ।

‘‘परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यन्त्र आफ्नो नाम, रोल नम्बर, फोन नम्बर लेखी परीक्षाको मर्यादा उल्लंघन गरेको पाइएकोले उत्तरपुस्तिका एवं परीक्षा समेत आयोगको निर्णय बमोजिम रद्द गरिएको आयोगले जनाएको छ ।

आयोगले २८ कात्तिक २०७६ देखि २ पुस २०७६ मा सम्पन्न विभिन्न संकायका उपप्राध्यापक पदको परीक्षा र उत्तरपुस्तिका रद्द गरेको हो । रद्द गरिएकोमध्ये विज्ञान तथा प्रविधि संस्थानतर्फ सबैभन्दा बढी ७७ जनाको परीक्षा रद्द भएको जनाएको थियो ।

IME Life
kumari