मेगा बैंकले ल्यायो कन्ट्याकलेस डेबिट कार्ड
काठमाडौं । मेगा बैंक नेपालले कार्ड प्रयोगकर्ताहरुको लागि कन्ट्याकलेस् (नियर फिल्ड कम्युनिकेसन–एनएफसी) भुक्तानी सेवा सुरु गरेको छ ।
प्रविधिलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले कार्ड प्रयोगकर्ता ग्राहकहरुका लागि कन्ट्याकलेस भुक्तानी सेवा सुरु गरेको हो ।
कन्ट्याकलेस भुक्तानी धेरै सरल र सहज भुक्तानी सेवा हो । जसमा कार्डलाई एनएफसी भएको पीओएस मेसिनमा नराखी रकम भुक्तानी गर्न सकिन्छ ।
एनएफसी जडान गरिएको कुनै पनि मेसिनमा यस सेवाको प्रयोग गर्न सकिने बैंकले जनाएको छ । कार्ड नराखी मेसिनले एउटा सीमित दुरीमा रहेर कार्डको डाटा लिएर भुक्तानी प्रकृया अगाडि बढाउने बैंकले जनाएको छ ।






















