stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको ११% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंकको ११% लाभांश सुरक्षित गर्ने आज बुधबार मंसिर १० गते०अन्तिम दिन हो । मंसिर २० गते साधारण सभा गर्न बैंकले बिहीबार मंसिर ११ गते बाट बुक क्लोज गर्दैछ ।

सिटिजन्सले ८% बोनस सेयर र ३% नगद गरी कुल ११% लाभांश वितरण गर्ने एजेन्डा पारित गर्दैछ । अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।

यता, बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गरिनेछ । सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको ३ लाख रुपैयाँ बराबरको कोरोना बिमा गर्ने निर्णय पनि सभाबाट अनुमोदन गरिने एजेन्डा छ । सभा बैंकको प्रधान कार्यालय, नारायणहिटीपथ काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट बस्नेछ ।

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ छ ।

असोज मसान्तसम्ममा सिटिजन्सको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा छ ।

prabhu mahalaxmi
kumari