stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेवाः जातीय महासंघ गठन हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरुको साझा संगठनको रुपमा महासंघ गठन हुने भएको छ । मंगलबार काठमाडौंमा सम्पन्न नेवाः जातीय संगठनहरुको भेलाले नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो । भेलाले जातीय संगठनहरुले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको र ती समस्याको समाधानको लागि सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै महासंघ गठन गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा भेला संयोजक साथै नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले नेवाः जातीय संगठनको एकता र सहकार्य विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।

सो क्रममा संयोजक खड्गीले न्हूदँको ¥याली, नेवाः एकता दिवस, गुथि विधेयकको आन्दोलन लगायतका अभियानमा जातीय संगठनको महत्वपूर्ण भूमिका रहने तर उक्त भूमिकाको सहि मूल्याङ्कन भने कहिल्यै नभएको गुनासो गर्नुभयो ।

‘विभिन्न नेवाः गतिविधि र अभियानहरुमा जातीय संगठनले नै बाजा बजाइदिनुपर्ने, सहभागीता जनाइदिनुपर्ने, तर हामी जहिल्यै सहभागीतामै मात्र सिमित भयौं,’ खड्गीले भन्नुभयो । ‘जातीय संगठनलाई नेतृत्व भने कहिल्यै दिइएन ।’

अवधारणा पत्रमा जातीय महासंघ गठन गर्दै नेवाः समाजको परम्परागत पेशाको आधुनिकीकरण गर्दै समाजको आर्थिक उन्नतीमा योगदान दिनुका साथै जातीय समाजहरुको भवन बनाउनेसम्मका उद्देश्यहरु प्रस्ताव गरिएको छ ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक साथै काठमाडौं महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष न्हुछेँकाजी महर्जनले अहिलेसम्म नेवाः जातीय संगठनलाई नेतृत्व वर्गले प्रयोग मात्रै गर्दै आएको बताउनुभयो । गुठीको स्वामित्व लिइएको जातीय संगठनले नै गुठी विधेयकको आन्दोलनको नेतृत्व गरेको भए निष्कर्षमा पुगिने महर्जनको दावी थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जातीय संगठनको एकताको विषय निकै सुखद रहेको भन्दै समाज, सम्पदा, संस्कृतिको संरक्षणमा सबै लाग्न सुझाव दिनुभयो । स्थानीय भाषा, कला, संस्कृति, सम्पदाको संरक्षणमा काठमाडौं महानगरपालिकाको सधैं साथ रहने प्रतिवद्धता महानगर प्रमुख शाक्यले जाहेर गर्नुभयो ।

यसै भेलाले महासंघ गठनको आवश्यक तयारीको काम अघि बढाउनका लागि मनोज नेवाःको संयोजकत्वमा सात सदस्यीय नेवाः जातीय महासंघ तयारी समिति पनि गठन गरेको छ ।

साथमा, चाडबाडमा नेवाः समाजभित्र एकरुपता ल्याउन सोही तयारी समितिबाट नेपाल पंंचाङ्ग निर्णायक समितिसँग छलफललाई तीव्रता दिने निर्णय पनि भेलाले गरेको छ ।

prabhu mahalaxmi
kumari