stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंक र दराज नेपाल मिली दराजका विक्रेताहरूलाई सारथी योजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसंग जोड्ने देशकै ठूलो अनलाइन स्टोर हो । दुबैको सहकार्यमा “सारथी” भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन्, जहा“ दराजका विक्रेताहरूले आकर्षक सुविदा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएकँे छ, जसमा पुराना तथा नया“ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।

नबिल बैंकका डेपुटी सीईओ, सुजित कुमार शाक्य र दराज क्यामु प्रा. लि का प्रबन्ध निर्देशक, लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ ।
हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पु¥याउनु रहेको छ ।

सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड –१९को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु¥याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।”

त्यस्तै, दराज क्यामु प्रा. लि.का प्रबन्ध निर्देशकले भने, “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड–१९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिलँ क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हँे र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।”

आफ्नो अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि तलको लिंक प्रयोग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ ।

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

prabhu mahalaxmi
kumari