stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महासंघका अधिकांस पुर्व अध्यक्षहरुको मतदातालाई आग्रह : यसपाली बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान अर्को पटक चन्द्र ढकाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालउद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि बर्तमान अध्यक्ष भवानी राणाले सहमतिका लागि सोमवार गरेको प्रयास असफल भएपछि महासंघका पुर्व अध्यक्षहरु सहमति नभए पछि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमा जानु पर्नेमा जोड दिएका छन् ।

बिवादीत छवी भएका पुर्व अध्यक्ष चण्डी ढकालको भरोसामा चुनाव लडेका चन्द्ध ढकालले अधिकांस पुर्व अध्यक्ष र बर्तमान कार्य समितिको साथ पाउन सकेनन् ।

बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारका, पुर्व अध्यक्ष कुसकुमार जोशी, बिनोदबहादुर श्रेष्ठ, प्रदिपकुमार श्रेष्ठ, महेशलाल प्रधान, पद्य ज्योति मात्र होइन अन्तिमसम्म सहमतिको प्रयास गरेका रविभक्त श्रेष्ठ, सुरज बैध, आनन्दराज मुल्मीले समेत भावी अध्यक्ष शेखर गोल्छाको समुहबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका किशोर प्रधानको पक्षमा मत जाहेर गरेका छन् ।

किशोर प्रधान र चन्द्र ढकाल दुवै जना महासंघका लागि चाहिने ब्यक्ति हुनुुहुन्छ । कोभिड महामारीका बेला सहमतिबाट सर्वसम्मत नेतृत्व चयन गरेको भएनि कै राम्रो सन्देश जाने थियो तर त्यो सम्भावना सकिएपछि लोकतान्त्रिक बिधिबाट चुनावमा जाँदा यसपालि किशोर प्रधानलाई निर्वाचित गराउन निर्वतमान अध्यक्ष पशुपति मुरारकाले आग्रह गनुभयो ।

अर्को पटक हामी चन्द्र ढकालजीलाई पनि बरिष्ठ उपाध्यक्षमा मत जाहेर गर्न आग्रह गछौं मुरारकाले भने ।
त्यस्तै मत छ अर्का पुर्व अध्यक्ष कुशकुमार जोशीको पनि यो लडाई खासमा महासंघलाई कमाइ खाने पेशा बनाउनेका बिरुद्धमा हो ।

अघिल्लो पटक शेखरजीसंग चुनाव हारे पछि महासंघबाट बिदा हुनु भएका किशोरजीलाई तपाई बिना महासंघ चलायमान भएन प्रमोद श्रेष्ठको उपाध्यक्ष पदमा आइदिनुस् अर्को पटक बरिष्ठ उपाध्यक्ष तपाई नै हो भनेर पद बाड्ने मानिस अहिले आएर आफनो स्वार्थ अनुकुल महासंघलाई राजनीतिकरण गर्न मिल्छ ? जोशीले प्रश्न गरे ।

बर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छाले किशोर प्रधान र चन्द्र ढकाल दुवै जना निकै क्षमतावान र महासंघको गरिमा उच्च राख्ने ब्यक्ति हुदाँहुदै पनि महासंघको सुढुणीकरण र सुद्रीकरणका लागि यसपाली किशोर दाई अर्को पटक चन्द्र ढकाल भन्नुपर्ने अवस्था आएको बताए ।

यो चुनाव किशोर दाईले जित्ने बित्तिकै महासंघमा आगो बालेर दुधको साची बिरालो बन्ने अनि चुनावको नाममा भाई फुटे गवार लुटेका तालमा स्वार्थ अनुकुल महासंघ चलाउन खोज्नेको पतन हुने बताए ।

हाम्रो लागि र महासंघको उज्जवल भविश्यका लागि यो आवश्यक भएको उनले बताए । पुर्व अध्यक्षहरु महेशलाल प्रधान, प्रदिपकुमार श्रेष्ठ, बिनोदबहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ लगायतका पुर्व अध्यक्षहरुले समेत निर्वाचन नै हुने अवस्थामा महासंघ बलियो बनाउन शेखर गोल्छाले काम गर्नका लागि छानेको टिम नै महासंघको टिम हुने बताए ।

बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानजी आएपनि चन्द्र ढकाल पनि चेम्वर आन्दोलनमै रहने गरी बातावरण निमार्णका लागि पहल गर्ने पुर्व अध्यक्षहरुको भनाई छ । किशोर प्रधानलाई प्रदेश नं १, २, बागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका अधिंकास जिल्ला नगर का जिल्ला अध्यक्षको समर्थन छ भने कणार्लीमा दुवैको राम्रो रहेको बताइन्छ ।

गण्डकी प्रदेशमा भने चन्द्र ढकालको पक्षमा माहोल देखिन्छ । अधिकासं जिल्ला नगरका अध्यक्षहरु मङ्सीर १३ गतेबाट स्वतह अध्यक्ष बन्ने शेखर गोल्छाको पक्षमा देखिएपछि किशोर प्रधान बरिष्ठ उपाध्यक्षमा आउने पक्का पक्की जस्तै छ ।

अन्य उपाध्यक्ष पदहरु मध्ये एसोसियट्समा सौरभ ज्योति अघि छन् भने जिल्ला÷नगर र बस्तुगतमा कडा प्रतिस्पर्धा रहेको महासंघ सदस्यहरु बताउन् । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई जिताउनका लागि महासंघका बर्तमान अध्यक्ष, भावी अध्यक्ष, निर्वतमान र पुर्व अध्यक्षहरुले भिडियो सन्देश मार्फत आग्रह गरिरहेका छन् ।

prabhu mahalaxmi
kumari