citizens life insurance long ad
stcnepal long ad

महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार संजय केसीलाइ कोभिड विमाको रू ए कलाख रुपैया हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मिसन मिडिया क्लवले आज एक सामान्य कार्यक्रमका वीच पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार संजय केसीलाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका कल्वका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा पत्रकार केसीलाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम रू १ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

त्यस अवसरमा महासंघ काठमाडौँ शाखाका उपाध्यक्ष सूर्य सुवेदी ,ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की र पत्रकारहरुको उपस्थित रहेको थियो ।

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड विमाको रू एक लाख रुपैया हस्तान्तरण गरिसकेको छ । बाँकी एक दर्जन पत्रकारको विमा रकम प्राप्तिको अन्तिम चरणगत प्रक्रिया बाँकी रहेको महासचिव झाले जानकारी दिनुभएको छ ।

IME Life
kumari