citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकले बोलायो मंसिर २९ गते २० औं वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले १४% लाभांश अनुमोदन गर्न मंसिर २९ गते वार्षिक साधारण सभा डाकेको छ । २० औं साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १०.८५% बोनस सेयर र ३.१५% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।

साधारण सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउने छन् ।

कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

IME Life
kumari