माउन्टेन इनर्जीको आईपीओमा ७२ प्रतिशत आवेदकको हात खालि हुने
काठमाडौं । माउन्टेन इनर्जीको प्राथमिक शेयर आईपीओमा माग भन्दा बढीको आवेदन परेकाले धेरैको हात खालि हुने भएको छ ।
कम्पनीको आइपीओमा ७.६१ गुणाभन्दा धेरै आवेदन दिएका छन। मागभन्दा अत्याधिक बढी आवेदन परेपछि आइपीओमा आवेदन गर्ने ७२ प्रतिशत आवेदकको हात खाली हुने भएको हो ।
कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको ।
माउन्टेनले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा सर्वसाधारणले छिटोमा मंसिर ३ गतेसम्म आवेदन दिएका थिए ।
उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिने सकने समय तोकेको थियो ।
कम्पनीको धितोपत्र निष्कसन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ ।
कम्पनीले म्याग्दीको नीलगिरि खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको हो ।























