stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा जनरल इन्स्योरेन्सले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले पहिलो त्रैमासको अवधिमा १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा १०९ प्रतिशतले बढेको हो । कम्पनीको गत आर्थिक बर्षको सोहि अवधिमा ७४ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ४ प्रतिशतले बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको बीमा कोष ९९ प्रतिशतले बढेर ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोषमा ३ करोड २० लाख रुपैयाँ थियो ।
कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासको अवधिमा २ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ११ करोड १९ लाख रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १८ रुपैयाँ १२ पैसा छ ।

IME Lifesidebar
kumari