citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २०७७ मंसिर ३ गते बुधबार दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकको रजिष्टर्ड कार्यालयमा काठमाडौं १०, बानेश्वरमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका अनुज अग्रवालले गर्नु भएको थियो ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र रामकृष्ण खतिवडाको उपस्थिति रहेको थियो ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिम बाट जोगिन/जोगाउन आफ्ना शेयरधनीहरु अनलाईन माध्ययमबाट समेत सहभागी हुन सक्ने गरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्ष रुपमा उपस्थित हुने शेयरधनी महानुभावहरुलाई समेत स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुर्ण पालना हुने व्यवस्था मिलाईएको थियो ।

आर्थिक बर्ष २०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको उक्त सभाले नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशन हुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा रु. ८,००,००,००,०००÷– (आठ अर्ब रुपैंया) को शेयर संख्या ८००००००० (आठ करोड) सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले आ.व. २०७६/७७ मा जलविद्युत, सिमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य उर्जा समेत ५ वटा परियोजनाहरुमा रु. ६ अर्ब कर्जा स्वीकृत गरी रु. ५० करोड कर्जा प्रवाह गरेकोमा चालु आ.व. मा ३ वटा परियोजनाहरुमा रु. २ अर्ब ८५ करोडको थपकर्जा स्वीकृत गर्दै हालसम्म जम्मा रु.८ अर्ब ८५ करोड बराबरको कर्जा स्वीकृत गरेको छ ।

IME Life
kumari