भोली बुधबार माउण्टेन इनर्जीको आइपीओ भर्ने अन्तिम दिन
काठमाडौं । माउण्टेन इनर्जी नेपालको आइपीओ भर्ने भोली मंसिर ३ गते बुधबार अन्तिम दिने हो । बुधबार कार्यालय समयसम्म यस आइपीओमा आवेदन दिन सकिनेछ ।
कम्पनीले कात्तिक २६ गतेबाट आइपीओ खुला गरेको हो । यसअघि आज मंगलबारसम्म म्याद तोकिए पनि सार्वजनिक विदा परेका कारण बुधबारसम्म लम्ब्याइएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये २५ अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५५ अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । तर माउण्टेनको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ ।
त्यसैले, अब गोलाप्रथामा भग्यशाली हुने लगानीकर्ताले मात्र आइपीओ हात पार्नेछन् । यसले जारी पुँजीको २०% अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
यसमध्ये, पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो ।























