citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंकको साधारण सभा सम्पन्न, १३.६०% लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक लिमिटेडको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको उक्त सभाले संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट प्रस्ताव गरेको १० प्रतिशत वोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश पारित गरेको छ।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसारको लाभांश पारित गरेको हो।

सरकारले तोकेको सीमा भित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, लगायतका एजेन्डा पारित गरेको छ ।

IME Life
kumari