सनराइज बैंकको वितरण योग्य नाफा ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सनराइज बैंकको वितरण योग्य नाफा २४ करोड ९६ लाख ५० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा पनि घटेको छ ।
यसअवधिमा बैंकको खुद नाफा १५.७१% ले घटेर ३८ करोड २९ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा पनि प्रभावित भएको हो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १५.६७% र १५.७१% ले घटेको छ । यता, खराब कर्जा पनि ०।३१५ ले बढेर १.५८% मा पुगेको छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९२ पैसा रहेको छ ।






















