citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले पनि नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्ष यसै अवधिको तुलनामा ४७.२९% ले घटेको हो ।

गत वर्ष हिमालयनको नाफा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ थियो । असोज मसान्तसम्म यस बैंकको वितरणयोग्य नाफा ६२ लाख ६२ हजार रुपैयाँ मात्र छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेपछि खुद नाफामा पनि गिरावट आएको हो । पहिलो त्रैमाससम्म हिमालयनको खुद ब्याज आम्दानी २८.८१% ले घटेर ९३ करोड ८९ लाख ६० हजार रुपैयाँमा आएको छ ।

यस्तै, सञ्चालन नाफा पनि ४७.७४% ले घटेर ५१ करोड ७५ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । पहिलो त्रैमासको अन्त्यसम्म १ खर्ब २८ अर्ब ८२ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३८ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

हिमालयनको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ६ अर्ब ७ करोड ९७ लाख ७ हजार रुपैयाँ जम्मा भएको छ ।

रिटेन्ड अर्निङ भने २ अर्ब ५० करोड ४६ लाख ८८ हजार रुपैयाँ छ । खुद नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ९७ पैसाले घटेर १५ रुपैयाँ ६२ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५९ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ५९ पैसा छ ।

IME Life
kumari