citizens life insurance long ad
stcnepal long ad

कोरोना नियन्त्रणका लागि एनसेलको स्वास्थ्य मन्त्रलाय र युनिसेफसँग सहकार्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।

कोरोना भाइरस सम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनु पर्ने तीन मुख्य उपायहरु–व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देश एनसेलले प्रशारण गरिरहेको हो ।

व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्य गरिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताएका छन् ।

अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको एनसेलको भनाइ छ ।

कोरोना भाइरस विरुद्घको पहल अन्तर्गत नै एनसेलले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड योगदान गरेको थियो । यसका साथै कम्पनीले कोरोना विपद् व्यवस्थापन केन्दलाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्‍याउँदै आएको छ ।

IME Life
kumari