citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकको लाभांश संशोधन, बोनस दर बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले बोनस र नगद लाभांश अनुपात संशोधन गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले यस अघि घोषित बोनस र नगद लाभांश दरमा परिवर्तन गरेको हो ।

शुक्रबारको निर्णय अनुसार अब सेयरधनीहरुले १०.८५% बोनस सेयर र ३.१५% नगद गरी कुल १४% लाभांश पाउने छन् ।

यस अघि भने बैंकले १०% बोनस सेयर र ४% नगद गरी कुल १४% नै लाभांश दिने घोषणा गरेको थियो । कुल लाभांश यथावत रहे पनि बोनस र नगद दर भने संशोधन भएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा तथा वित्तीय विवरण प्रकाशन सम्बन्धी कार्यविधि सम्मत हुने गरी लाभांश संशोधन गरिएको कुमारीले जनाएको छ ।

 

5fa7770e62b2a.jpg

IME Life
kumari