सनराइज बैंकले एकैसाथ तीन नयाँ शाखा विस्तार
काठमाडौं । सनराइज बैंकले एकैसाथ तीनवटा शाखा विस्तार गरेको छ । बैंकले भक्तपुरको सूर्यविनायक, पोखराको अमरसिंह चोक र बुटवलको योगीकुटीमा नयाँ शाखा विस्तार गरेको हो ।
यससंगै बैंकको कुल शाखा संख्या १३९ वटा पुगेको छ । त्यस्तै, बैंकको हाल ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम रहेका छन्






















