citizens life insurance long ad
stcnepal long ad

गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर हात पार्न कात्तिक १९ गते बुधबार अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सको ५.२५% बोनस सेयर हात पार्न सेयरधनी बन्ने कात्तिक १९ गते बुधबार अन्तिम दिन हो ।  गुराँसले आगामी मंसिर ४ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको लाभांश अनुमोदन गर्नेछ ।

कम्पनीले तत्कालीन अवस्थामा कायम ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पुँजीमा १०.५०% बोनस सेयर दिने घोषणा गरेको थियो । तर यसबीचमा १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गरी पुँजी वृद्धि भइसकेको छ ।

हकप्रद भर्नेले पनि बोनस पाउने व्यवस्था गरिएकाले अब लगानीकर्ताले वास्तविक लाभांश दर ५.२५% हात पार्नेछन् । हकप्रदपछि कायम १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ चुक्ता पुँजीमा ५.२५% बोनस दिइने कम्पनीको भनाई छ ।

सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण सेयरधनीहबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

हकप्रद सेयर सूचीकरण पश्चात बढेर पुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बराबरको बोनस सेयर वितरण पश्चात यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९७ करोड ५५ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।

IME Life
kumari