citizens life insurance long ad
stcnepal long ad

अत्यावश्यक बाहेक अन्य सेवाहरु भीमेश्वर नगरपालिकाले बन्द गर्‍यो

Nimb long ad
Prabhu Insurance Long Ad

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले कर्मचारीहरु कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गरेको छ ।

नगरपालिकाले कर्मचारी तथा नगरबासीमा कोरोनाको सक्रमण बढ्दै गएपछि  एक सुचना जारी गदै अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको जनाएको हो ।

नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको र नगरवासी लगायत नगरपालिकाका कर्मचारी समेत संक्रमित बनेको भन्दै सेवा अवरुद्ध गरेको नगरपालिकाले जनाएको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर घरभित्रै बस्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन नगरपालिकाले आग्रह समेत गरेको छ । दोलखामा दशैको समयमा मानिसहरुको आवातजावत बढेपछि कोरोना संक्रमितको सङ्ख्या पनि बढेको छ ।

IME Life
kumari