stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजबाट तातोपानी नाका पुनः खुल्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सिन्धुपाल्चोक । नेपाल–चीनबीचको तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ । विगत लामो समय (कोरोना भाइरस महामारी सुरू भएयता) बन्द रहेको उक्त नाका गएको असोजमा २ दिन मात्र खुलेर पुनः बन्द भएको थियो ।

यसअघि सामान लोड(अनलोड गर्ने तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि खुलेको २ दिनमै उक्त नाका असोज २१ देखि पुनः बन्द भएको थियो ।

अहिले फेरि स्वास्थ्य सावधानी अपनाएर नाका सुचारू गर्न लागिएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।

prabhu mahalaxmi
kumari