ओरियन्टल होटल्सको वार्षिक साधारण सभा मंसिर ४ गते
काठमाडौं । ओरियन्टल होटल्सले मंसिर ४ गते वार्षिक साधारण सभा डाकेको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । साथै, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाह तथा सेयर पुँजीमा भएको परिवर्तन लगायत विवरणमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।
तर ओरियन्टलले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव पेश गर्नेछैन । यसर्थ, यस वर्ष ओरियन्टलका सेयरधनीको हात खाली हुने भएको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट हुनेछ । सभा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा गर्न ओरियन्टलले कात्तिक २० देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कात्तिक १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
सभामाम भाग लिन चाहने सेयरधनीले भर्चुअल उपस्थितिका लागि सभा हुनुभन्दा १ दिन अगावै जुम एप्लिकेसनको मिटिङ आइडी र पासवर्ड लिनुपर्नेछ ।
























