stcnepal long ad
ime life insurance
national life
global ime bank long

युनाईटेड इदी–मर्दीको आइपिओ भर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यूनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आज असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका निष्काशन गरेको साधारण शेयर ९आइपिओ० मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि १ सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको हो । कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ ।

जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता र दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस ९आइएस०’ रेटिङ्ग प्रदान गरेको छ।

आईपीओमा दुवै वर्गका प्रभावितहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्

IME Lifesidebar
kumari