stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वस्तु निर्यातमा १०.५% वृद्धि, आयात २२.१% घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५% ले बढेर २० खर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निर्यात २५.९% ले वृद्धि भएको थियो । सबैभन्दा बढी भारततर्फ १८.७% ले निर्यात वृद्धि भएको छ ।

तर चीन तथा अन्य मुलुकतर्फ भने क्रमशः ५४.९% र २.९% ले निर्यात घटेको छ । वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै, पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

यता, आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु आयात २२.१% ले घटेर १ खर्ब ७८ अर्ब ८५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२% ले घटेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५%, ४०.१% र २३.६% ले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

prabhu mahalaxmi
kumari