बैंकर अनिल शाहलाई पनि कोरोना संक्रमण
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको जानकारी बैंकर शाहले सामाजिक सञ्जाल मार्फत दिएका हुन् ।
शनिबार गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् । ‘बुधबारदेखि खाने कुरामा स्वाद हराएपछि परीक्षण गरेर आइसोलेसनमा बसे पनि पीसीआरको रिपोर्ट नेगेटिभ आएको थियो । तर, पहिलो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् ।





























