stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

साधारणसभाबाट पारित नभई माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई अन्तरिम लाभांश दिने भएको छ । बैंकले साधारणसभा स्थगित गरेसँगै अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले उपत्यकामा कोरोना भाइरसको महामारी बढेको भन्दै बैंकले आफ्नो वार्षिक साधारण सभा स्थगित गरेको हो ।

बैंकले २ दशमलव ८५ प्रतिशतले हुन आउने २४ करोड १० लाख ८० हजार ६ सय ६० रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले कोरोना कहरको कारण शेयरधनीहरुलाई परेको आर्थिक प्रभाव र नजिकदै गरेको चाडपर्वलाई समेत मध्यनजर गर्दै अन्तरिम लाभांश वितरणको प्रस्ताव गरेको एक सुचना जारी गर्दै बताएको छ ।

बैंकले राष्ट्र बैंकले स्विकृति दिएपछि अन्तरिम लाभांश वितरण गर्ने जनाएको छ । यसरी वितरण गरिने लाभांशलाई पछि हुने साधारणसभाले अनुमोदन गर्ने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari