stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न काँग्रेसको माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रदेश नं. २ को आजको प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।

बैठकको शुरुमा विशेष समय लिएर काँग्रेसका सचेतक उपेन्द्र कुशवाहाले कुटपिटबाट दलित रामको मृत्यु भएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीले जाहेरी दर्ता नगरेको भन्दै न्यायिक समिति गठन गर्न माग गर्नुभयो ।

सचेतक कुशवाहाले मृतकको परिवार तथा आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा जिल्ला प्रहरी प्रमुखले जाहेरी लिन नमानेको जनाउँदै पीडितलाई न्यायका दिनुपर्ने बताउनुभयो ।

यही असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइने भई वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।

प्रहरीले दोषीलाई जोगाउन खोजेको र निष्पक्ष छानबिन नभएको भन्दै काँग्रेस कार्यकर्ताले बुधबार मलंगवामा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को जिल्ला समितिले आपसी विवादका कारण भएको घटनालाई राजनीतिकरण नगर्न आव्हान गरेको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमा असहमति प्रदेश २ को प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा बनेको विधेयकमा नेपाली काँग्रेसका सांसदले असहमति जनाएका छन् ।

ती सांसदले विधेयकमा आफ्ना माग पनि समेटिनु पर्ने आग्रह गरेका हुन् । सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिमा विचाराधीन सो विधेयकमा काँग्रेसका सांसदहरु प्रमिला दास, मंजुकुमारी यादव र सरस्वती चौधरीले ‘नोट अफ डिसेन्ट’ जनाउनुभएको छ ।

सो प्रतिष्ठानलाई लोकतन्त्रका लागि आफ्ना जीवन सम्र्पण गरेका डा. लक्ष्मीनारायण झाको नाममा नामकरण गर्ने प्रस्ताव समावेश पनि ती सांसदको आग्रह छ ।

prabhu mahalaxmi
kumari