citizens life insurance long ad
stcnepal long ad

कालाबजारी र गुणस्तरहीन खाद्यवस्तु बेच्ने छाडिए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । जबजब दसैं, तिहार,छठ पर्वजस्ता हिन्दु समुदायका चाडपर्व नजिकिन्छन्, त्यतिबेला जिल्ला प्रशासन कार्यालय सहित, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागका केही कर्मचारी र केही उपभोक्तावादी भनिनेहरू बजार अनुगमनका लागि भन्दै दौडधुपमा लाग्छन् ।

११ महिना कुनै काम नगरि चिरनिद्रामा बस्ने र दशैं तिहारका वेला एक महिना सकृय हुने ती निकायले दसैंको मुखमा गर्ने बजार अनुगमन नाङ्लो ठटाएर हात्ति तर्साउने खेल जस्ताे भएकाे देखिन्छ ।

खासगरी ‘दसैं खर्च’ संकलनका लागि उनीहरूले एकाध ठाउँमा छापा मारेर व्यापारी तर्साउने र गोप्य रूपमा रकम संकलनको खेलाेफडकाे बनाउने गरेको पाइन्छ ।

आफ्ना निकटका र सबैसँग समन्वय गर्न सक्ने केही बिचौलिया मार्फत उनीहरूले डिलिङ नमिलेपछि मात्र छापा हान्ने गरेको र पक्राउ गरिसकेपछि पनि विभिन्न कानुनी छिद्रको अपव्याख्या गर्दै रकम लिएर त्यस्ता उपभोक्ता ठग्ने अपराधीहरूलाई त्यसै छाड्ने,सामान्य धराैटीमा छाडने गर्दै आएका छन् ।

खासगरी कलंकी, कुलेश्वर, बल्खु,कालीमाटी,असन लगायत क्षेत्रहरूमा प्रहरीका हाकिमहरूले सादा पोसाकका घुमुवा प्रहरीहरू परिचालन गर्ने र केही उपभोक्ताकर्मी समेतको सल्लाहमा सूचना संकलन गर्ने र एक-दुई ठाउँमा छापा हानेर पचासौं ठाउँमा हुने त्यस्ता गलत धन्दावालबाट रकम संकलन गरी आफ्नो ‘दानापानी’ चलाउने गर्दै आएका छन।

पछिल्लो समय काठमाडौंमा देखिएको घटनाहरूले पनि त्यस्तै संकेत गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले म्याद गुज्रेका वस्तु बजार पठाउने ठूलो गिरोहलाई रिहा गरि दिएका छन् ।

कलंकी र वाफलवाट निकै ठुलाे हल्लाका साथ पक्राउ गरिएको उक्त समूह व्यक्तिहरु धुरुधुरु रोएपछि हाजिर जमानीमा छोडिएको छ ।

अनुसन्धान जारी रहेको भनिए पनि प्रमाण नष्ट गराउने, मुख्य दोषीलाई प्रमाणले सहायक दोषी बनाउने र लेनदेनका आधारमा दोषमुक्त गरिदिने सम्भावना बढेको छ । म्याद नाघेका पौष्टिक पदार्थ र चकलेट जन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेको कसुरमा पक्राउ परेका ७ जनालाई उपभोक्ता हित संरक्षण विभागले सामान्य तारेखमा छाडेको छ ।

अघिल्लाे बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रिलेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाससहित ७ जनालाई विभागले सामान्य धरौटीमा गत शुक्रबार नै छाडने आदेश दिएर शुभ लाभ लिएकाे व्यापारी वीच चर्चा छ।

 

IME Life
kumari