citizens life insurance long ad
stcnepal long ad

विश्वकप छनोट स् नेइमारको ह्याट्रिकमा ब्राजिलको शानदार जित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटको खेलमा ब्राजिलले उत्कृष्ट जित हात पारेको छ ।

बुधबार विहान भएको खेलमा ब्राजिलले पेरुलाई ४–२ गोलले पराजित गरेको हो । ब्राजिलको जितमा नेइमारले ह्याट्रिक गरे। छनोटमा लगातार दुई जित निकालेसँगै ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

खेलको पाँचौ मिनेटमा घरेलु टिम पेरुले कारिलोको गोलमा अग्रता लिएको थियो । २८ मिनेटमा ब्राजिलले पेनाल्टी पायो । प्राप्त अवसरमा नेइमारले गोल गर्दै खेल बराबरीमा ल्याए । नेइमारलाई पेरुका डिफेन्डरले डिबक्स भित्र तानेपछि पेनाल्टी दिइएको थियो।

३१ मिनेटमा नेइमारले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए। भिएआर रिप्ले हेर्दा ब्राजिलका रिचार्लीसन अफसाइड पोजिसनमा देखिएका थिए। खेलको ५९ मिनेटमा पेरुले खेलमा दोस्रो पटक अग्रता लियो। तापाइले उत्कृष्ट गोल गरेर पेरुलाई २–१ ले अघि बढाए।

६४ मिनेटमा ब्राजिलले बराबरी गोल फर्कायो। रोबर्टो फिर्मिनोले उपलब्ध गराएको पासमा रिचार्लीसनले गोल गरेका थिए । ८३ मिनेटमा ब्राजिलले खेलमा पेनाल्टीमार्फत खेलमा अग्रता लियो। प्राप्त पेनाल्टीमा ब्राजिलका लागि नेइमारले गोल गरेका थिए। पेरुका लुइस अब्रामले ब्राजिलका रिबेरोलाई धेकेलेपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो।

८६ र ८९ मिनेटमा गरी पेरुले दुई वटा रातो कार्ड पाएको थियो। पेरुका काकेडा र जाम्ब्रानलाई रेफ्रीले रातो कार्ड देखाए। ८६ मिनेटमा बेन्चमा रहेका रिजर्भ गोलकिपर काकेडाले अभद्र व्यवाहार देखाएपछि रेफ्रीले रातो कार्ड देखाए।

८९ मिनेटमा जाम्ब्रानले ब्राजिलका रिचार्लीसनलाई मुखमा हिर्काएपछि रातो कार्ड दिइएको थियो। इन्जुरी टाइमको चौथो मिनेटमा नेइमारले ह्याट्रिक पूरा गरे। उनले रिबेरोको पासमा गोल गरेका थिए।

IME Life
kumari