जनता समाजवादीको बैठक कार्तिकमा
काठमाडौ । जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समिती को आगामी बैठक बारे कार्तिक ३ र ४ गते पार्टी केन्द्रिय कार्यालय बालकुमारी, ललितपुरमा बिहान ११ः३० बजे वस्ने सो पार्टीले जनाएको छ।
बैठकको छलफलको विषयहरुमा पार्टीको विधान संशोधन र नियमावली सम्बन्धमा, संघीय परिषद गठन र कार्य बिभाजन सम्बन्धमा, केन्द्रिय समिती गठन र कार्य बिभाजन सम्बन्धमा, केन्द्रिय कार्यकारिणी समितीका सदस्यहरुको कार्य बिभाजन सम्बन्धमा, समायोजन सम्बन्धमा र विविध विषयमा छलफल गरि निर्णय गरिने छ।
























