citizens life insurance long ad
stcnepal long ad

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक खुल्यो

Nimb long ad
Prabhu Insurance Long Ad

रसुवा । रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक झण्डै तीन महिनापछि खुलेको छ । वर्षाको कारण सडक खण्डको ठाउँ–ठाउँमा पहिरो गएपछि गएको असार मसान्तदेखि सडक बन्द थियो । प्राविधिकरुपमा जोखिम भएकाले वर्षा सिजन सकिएपछि मात्रै सडक सञ्चालन ल्याइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडक खुलेसँगै गाडी चल्न थालेका छन् ।

२०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने काम सकिएको थियो । नेपाल, चीन र भारत त्रिदेशीय व्यापार सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन ।

सडकको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्नुपरेको कारण निर्माणको काम पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।

 

IME Life
kumari