stcnepal long ad
ime life insurance
national life
global ime bank long

आफ्नो खाता रहेको बैंकबाटै नयाँ नोट साट्न पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यस पटकको दशैंमा नयाँ नोट चाहिएमा आफ्नो खाता रहेको बैंकबाट साट्न पाइने छ । कोरोना भाइरस प्रकोपलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

प्रवक्ता भट्टका अनुसार नयाँ नोट केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउनेछ । आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणले लिन सक्ने उनले बताए ।

‘यस पटक हामी लाइन लगाएर नयाँ नोट बाँढ्ने पक्षमा छैनौं । नयाँ नोट चाहिए हामी बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउँछौ । उनीहरुमार्फत सर्वसाधारणले लिन सक्छन् ।’

यसअघिका दशैंमा केन्द्रीय बैंकले निश्चित शाखाहरु तोकेर नयाँ नोट वितरण गर्दै आएको थियो । फलस्वरुपः नयाँ नोट लिन उक्त शाखाहरुमा सर्वसाधारणको भीड लाग्ने गरेको थियो ।

कोरोना माहामारीका कारण लाइन लगाउन सम्भव नभएपछि केन्द्रीय बैंकले आफ्नो खाता रहेको बैंकको शाखाबाट नै सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउन लागेको हो ।

पहिले दशैंमा मात्र नयाँ नोट साटिने व्यवस्था भए पनि पछिल्लो समय नयाँ नोट सटहीलाई राष्ट्र बैंकले समावेशी बनाइसकेको छ । गाईजात्रा, गौरा पर्व, तीज, उभौली, नयाँ वर्ष, छठ, जितिया पर्व, माघीजस्ता चार्डमा पनि नयाँ नोट सटहीको सुविधा दिदैं आएको छ ।

IME Lifesidebar
kumari