stcnepal long ad
ime life insurance
national life
global ime bank long

विपी राजमार्गको वैकल्पिक मार्गको सडक विस्तारको कामले पायो तीव्रता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काभ्रे । कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ(कुशादेवी(पनौती(नमोबुद्ध(चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ । विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ ।

विस्तारित सडक र्‍यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जाडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्जेवेंशीमा जोडिने छ ।

र्‍याले(कुशादेवी–पनौती–दाहालटार खण्डमा लुम्बीनी–खानी ब्राइट जेभीले रु ३८ करोड ८३ लाख १० हजार २३२ मा सम्पन्न गर्ने जनाइएको छ ।

यसका लागि विसं २०७६ भदौमा सम्झौता गरी आगामी विसं २०७७ फागुन भित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको छ । ललितपुर जिल्लाको ग्वार्को हुँदै काभ्रेपलाञ्चोक जिल्लाको चौकीडाँडामा पुगेर बिपी राजमार्गसँग सो सडक जोडिने जनाइएको छ ।

बन्दाबन्दीकै बीचमा भइरहेको कामको अवस्थाबारे बुझ्न शनिबार वाग्मती प्रदेशका नीति तथा योजना आयोग र राष्ट्रिय योजना आयोगका संयुक्त टोलीले अनुगमन समेत गरेको छ । सो अवसरमा आयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले काठमाडौँबाट बाहिरीने र उपत्यका भित्रिने महत्वपूर्ण मार्गको रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश र संघीय सरकारले आफ्ना आयोजनाहरुलाई छिटो सम्पन्न गर्ने कुरामा तीव्र गतिमा आयोजनाको अनुगमन गरिरहेका छौँ ।”

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फँयालले सो सडक बहुआयमिक र रणनीतिक महत्व भएको रहेको बताउनुभयो । बन्दाबन्दीकै बीचमा भौतिक कामको प्रगति राम्रो भएको पाइएको उहाँको भनाइ छ ।

पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले सडक विस्तार आयोजना बन्दाबन्दीको समयमा काम भइरहेको बताउनुभयो ।
अहिले सो सडक ग्वार्को–लाकुरीभञ्ज्याङ– र्‍याले र र्‍याले(कुशादेवी(पनौती(दाहालटार सडक विस्तार गर्ने तथा दाहालटार(चौकीडाँडा ट्रयाक खोल्ने गरी तीन खण्डमा ठेक्का सम्झौता भएको छ ।

यसअन्तर्गत र्‍यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तोरन्नति भइरहेको छ । सो सडक सञ्चालनमा आएपछि पनौती, धुलिखेल र नमोबुद्ध नगरपालिकाका साथै रोशी गाउँपालिकाकाका १, २, ३, ४, ५ र ७ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

IME Lifesidebar
kumari