stcnepal long ad
ime life insurance
national life
global ime bank long

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सोमबार आयोजित एक कार्यक्रम बीच महानगरीय विमान स्थाल सुरक्षा कार्यालयका प्रमुख,महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, महानगरीय अपराध महाशाखाका प्रमुख, महानगरीय प्रहरी परिसर,काठमाण्डौ,ललितपुर र भक्तपुरका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले उक्त कार्यसम्पादन सम्झौताको उद्देश्य र लक्ष्यबारे जानकारी दिनुहुदै श्रद्देय संगठन प्रमुखबाट महानगरीय प्रहरी प्रमुखसँग भएको कार्यसम्पादन सम्झौता र उपत्यकाको कार्यशैली अनुसार रहेको जानकारी दिनुहुदै कोभिड(१९ विश्वव्यापी महामारीको बिषम परिस्थितीमा उपत्यकाको शान्ति सुरक्षा कायम गर्नुभएकोमा गर्व महसुज भएको बताउनुहुदै यस कार्यसम्पादन सम्झौताले महानगरीय प्रहरीलाई पद्धतिगत रुपमा अग्रगमनमा लैजान सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्नेमा उहाँलेजोड दिनुभयो ।

IME Lifesidebar
kumari