मृतकको परिवारलाई एलआइसी नेपालद्धारा ४१ लाख ५४ हजार रुपैयाँ दाबी भुक्तानी
रुपन्देही । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बुटवल शाखाले कोरोना कहरका बीच जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित सीता राइसमिल नजीकै यही भदौ १० गते स्कुटी दुर्घटनामा ज्यान गुमाएका शंकर कार्कीको परिवारलाई बीमा दावी वापतको रकम हस्तान्तरण गरेको जनाएको छ ।
शनिबार एक कार्यक्रमका बीच एलआइसी नेपालका बुटवल शाखा प्रवन्धक सूर्यबहादुर जिसी, एजेन्सी म्यानेजर यमबहादुर राना र उनका अभिकर्ता केशवकुमार श्रेष्ठले बीमा दावी बापत ४१ लाख ५४ हजार रुपैयाँको चेक मृतकको पत्नी कृष्णकला कार्कीलाई हस्तान्तरण गरेको कम्पनीले बताएको छ ।
मृतक कार्कीले २० लाख रुपियाँको जीवन तरंग बीमा गरी पहिलो किस्ता बापत एक लाख एक हजार रुपैयाँ बुझाएका थिए ।
रकम हस्तान्तरण गर्दै एलआइसी नेपालका बुटवल शाखा प्रमुख सूर्यबहादुर जिसीले कोरोना कहरको यस्तो अवस्थामा पनि आफुहरुले बीमा दावी गरेको एकसातामै रकम हस्तान्तरण गरेको बताए ।
एजेन्सी म्यानेजर यमबहादुर रानामगरले आवश्यक कागजात पूरा गरेको एक हप्ताभित्र एलआइसी नेपाल लि।ले सहज ढंगले मृत्यु दावी रकम हस्तान्तरण गरेकोमा कम्पनीको विश्वसनीयता बारे आफ्नो धारणा राखेका थिए ।






















