stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अवैध लागूऔषध सहित पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

बाँके । नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट करिब ५ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर र नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राभेट सहित दाङ घोराही उपमहानगरपालिका(११ पुरानो बसपार्क बस्ने २६ वर्षीय संजय बिकलाई हिजो शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरि पोखरा महानगरपालिका(१९ जैमुरे बस्ने २१ वर्षीय समिर गुरुङलाई करिब ३ सय ५० ग्राम लागूऔषध गाँजा, ७ एम्पुल नुर्फिन, ७ एम्पुल फेनारगन र ७ एम्पुल डाईजेपाम सहित आज शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । गुरुङले लागूऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई घर नजिकैबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari