citizens life insurance long ad
stcnepal long ad

परिक्षणकाे १८ प्रतिशत काेराेना राेगी

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । हिजो असोज १६ गते २०७७ सालको बेलुकी नेपाल सरकारले निश्चित गरी प्रकाशित गरेको जानकारी अनुसार नेपालमा ८२,४५० कुल कोरोना रोगीहरुको संख्या पुगेको छ भने मर्नेहरुको कुल संख्या ५२० भएको छ ।
हिजो नेपाल सरकारले गराएको १४,७३९ आरटीपीसीआर नमुना परीक्षणबाट नेपालभर २,७२२ जना नयाँ कोरोना रोगी संक्रमितहरु भेटिएका छन । यसमा काठमाडौमा १२८० जना, भक्तपुरमा १६२ जना र ललितपुरमा १९६ गरी काठमाडौ उपत्यकामा जम्मा १६३८ नयाँ कोरोना रोगीहरु पनि समाबेस छन ।
आरटीपीसीआरको यो नतिजा अनुसार नेपालमा परिक्षण गरिएका कोरोना रोगीहरु मध्ये १८.४६८ प्रतिशत काेराेना संक्रमित रहेको पुष्टी भएको छ।
अर्थात नेपालको १०० जनसंख्यामा १८ जना कोरोना रोगीहरु छन । नेपाल सरकारले अहिले सम्म नमुना आरटीपीसीआर परीक्षण मात्रै गर्दै आएको छ र परीक्षणबाट कोरोना संक्रमित भनी पत्ता लागेकाहरुलाई पनि आफ्नै घरमा अलग बसेर उपचार गर्ने अनुमति दिएको हुँदा समुदायमा झन कोरोना रोग फैलिएको देखिन्छ ।
मास आरटीपीसीआर परीक्षण बजेटको अभाव देखाउँदै नगर्ने नीति लिएको सरकारले अब कोरोना संक्रमितहरुको उपचारमा पनि लगानी नगर्ने नीति लिएकाले काठमान्डौ सहर कोरोना रोगबाट आक्रान्त बन्दै गएको छ । हिजो ११ जना कोरोना रोगीहरुको मृत्यु भएको छ भने एकै दिनमा १७ जना कोरोना रोगीहरु मरेको उच्च रेकर्ड तोडिएको छैन ।
नेपालमा अहिले २१० कोरोना रोगीहरुले आईसीयुमा र २९ जना कोरोना रोगीहरुले भेन्टीलेटरमा उपचार गराईरहेका छन । कतिपय कोरोना रोगबाट मरेकाहरुलाई पनि मिलोमतोमा ननकोभिड बनाएको र नेपाल सरकारको रेकर्डमा नपरेको जनगुनासोहरु पनि सुनिएका छन ।
त्यसैगरी कतिपय कोरोना रोगीहरुले घरैमा जोखिम लिएर घरेलु उपचार गर्दै बसेका पनि जानकारीमा आएको छ । यसो गर्दा मृतकको तथ्याङ्क गलत हुने हुनाले सरकारको व्यवस्थापकिय योजना गलत हुने देखिन्छ ।
IME Life
kumari