stcnepal long ad
nabil bank
macchha(MBL)

नाडेप लघुवित्तको १०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज असोज १३ गते नाडेप लघुवित्त वित्तीय संस्थाको १०५ बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले भोलीअसोज १४ गते बुधबारबाट बुक क्लोज गर्दैछ । आजसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न पाउनेछन् ।

नाडेपको पाँचौं वार्षिक साधारण सभा आगामीअसोज २८ गते बस्ने भएको छ । सभामा कम्पनीले गत १०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट यो लाभांश वितरण गर्न लागेको हो । हाल कायम रहेको सेयर स्वामित्व परिमार्जन गरी अब ५१.४९ बनाउने प्रस्ताव पनि सभामा पेश हुनेछ । अहिले संस्थापक समूहको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ । सभा, रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । हाल यसको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari