citizens life insurance long ad
stcnepal long ad

११ लाखसहित महाकाली सिँचाइ आयोजना निर्देशक विष्ट पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । महाकाली सिचाइ आयोजनाका कायम मुकायम९कामु०आयोजना निर्देशक (सिडीई) प्रचण्डदेब विष्ट एघार लाख रकम सहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान विष्टलाई सुन्धारास्थित ईशन होटेलबाट स्रोत नखुलेको ११ लाख रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पछि निर्देशक विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ । लाखौँरकम सहित होटेलबाट पक्राउ परेका विष्टबारे थप अनुसन्धान भइरहेको आयोग स्रोतले बताएको छ ।

यति ठुलो रकमसहित होटेलमा पक्राउ पर्नुले घुस रकम असुल गरी व्यवस्थापनका लागि होटेलमा बसेको हुनसक्ने स्रोतले जनाएको छ ।

IME Life
kumari