नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७४ औं बर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको ७३ वर्ष पुरा गरी ७४ बर्षमा प्रवेश गरेको छ । यस यात्रामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा साथ र सहयोग गरि अगाडि बढ्न प्रेरित गर्ने समस्त ग्राहकवर्ग, नियामक निकायहरु, लगानीकर्ता तथा सम्पूर्ण शुभचिन्तकहरुमा इन्स्योरेन्स कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ ।
यसैगरि आगामी दिनहरूमा पनि सदैव उत्कृष्ट सेवा दिन तत्पर रहेको कम्पनीले बता्एको छ । साथै, आगामी दिनहरुमा सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेको समेत इन्स्योरेन्स कम्पनी ले जनाएको छ ।



























