citizens life insurance long ad
stcnepal long ad

सामाजिक सञ्जाल इमोमा २५ लाखको चिट्ठा परेको भन्दै ठगी गर्ने २ जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । सामाजिक सञ्जाल इमोमा २५ लाखको चिट्ठा परेको भन्दै ठगी गर्ने २ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।
यो गिरोहले सामाजिक सञ्जाल इमो प्रयोग गरी २५ लाखको चिठ्ठा परेको र प्रहरी तथा अन्य मानिसलाई जानकारी गराएमा तपाइँको पैसा सवै वदर हुन्छ भन्दै प्रलोभनमा पारेको अनुसन्धानबाट खुलेको छ।

घटना बारे सुचना पाएपछि प्रहरी नायब उपरिक्षक रविन कार्कीको नेतृत्वमा खटिएको टोलीले मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी र सोही स्थानका वडा नं ९ बस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको हो।

गत असोज ४ गते दिउँसो साढे ४ बजेको समयमा कालिका नगरपालिका ४ चितवनकी ४४ बर्षीया सिता थपलियालाई इमोमा सम्पर्क गरी सो गिरोहले चिट्ठा परेको बताएको थियो।

पिडितलाई फोन गरी आज तपाइँको चिट्ठा वातपको पैसा पच्चिस लाख पाउनु हुन्छ, यो पैसा लिनको लागि तपाईले केही पैसा कर तिर्न पर्छ भन्दै पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार आइएमई मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको छ।

त्यसै दिन पच्चिस लाख प्राप्त गर्न १ लाख कर लाग्ने भन्दै मागेको र पटक पटक विभिन्न बहनामा २ लाख ८० हजार रकम ठगी गरेको थाहा पाएपछि पिडित प्रहरी सम्पर्कमा पुगेकी थिइन ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी ल्याई चितवन जिल्ला अदालतवाट पहिलो पटक ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी रविन कार्कीले बताए ।

सामाजिक सञ्जालमा यस्ता मिथ्या प्रलोभनमा नपर्न र केही सुचना भए प्रहरीलाइ खबर गर्न डिएसपी कार्कीले आग्रह पनि गरेका छन ।

IME Life
kumari