पाल्पामा पहिरोले ३ घर पुरिए, ६ जना बेपत्ता
a]kQfsf] vf]hL ul/Fb}
bdf}nL, @( c;f/ M
tgx'Fsf] Clifª ufpFkflnsf* kN6ofªdf ;f]daf/ klx/f]n] 3/ k'l/Fbf a]kQf ePsfsf] vf]hL ub}{ k|x/L / :yfgLojf;L . :yfgLo cgaxfb'/ yfkfsf] 3/ k'l/Fbf Ps} kl/jf/sf kfFr hgf a]kQf ePsf 5g . t:jL/ ;f}hGo M Clifª ufpFkflnsf÷/f;;
काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।
बिहीबार बिहान बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । वडाध्यक्ष उमानसिंह सारुका अनुसार हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएका हुन् ।
मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएको उनले बताए । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले पाँच जना पुरिएको खबर आएको र प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए । त्यस्तै अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए ।
























