stcnepal long ad
nabil bank
macchha(MBL)

चन्द्रागिरी शोभा – भालेश्वर मन्दिर

Nimb long ad
Prabhu Insurance Long Ad

ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वले चर्चिएको काठमाडौं चन्द्रागिरी नगरपालिका स्थित एक महत्वपूर्ण मन्दिर छ जसलाई भालेश्वर मन्दिरको नामले चिनिन्छ ।

भालेश्वर मन्दिर दुई जिल्लामा रहेको पाईन्छ एक काठमाडौंमा त अर्को काभेंपलाञ्चोक जिल्लामा । चन्द्रागिरी, काठमाडौंमा केवलकार संचालनमा आएपछि यात्रु महानुभावहरुको सहजता सँगै अझै बढी चर्चामा आएको छ तर काभ्रेपलाञ्चोक जिल्लाको भालेश्वर मन्दिर भने ओझेलमा परेको छ ।

       

काठमाडौंमै रहेको यस धार्मिक स्थल प्राकृतिक सुन्दरताको रुपमा पनि धनी रहेको र मानिसहरुले रुचाएको खण्डमा यस चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर र त्यसको वातावरणको वारेमा संक्षिप्त जानकारी राख्न उपयुक्त नै हुनेछ ।

यस मन्दिरको उत्पतिको बारेमा पौराणिक पुस्तक हिमवतखण्डमा उल्लेखित अनुसार दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीले मृत शरीरलाई देवाधिदेव महादेवले बोकेर पृथ्वीको परिक्रममा गर्ने क्रममा यस ठाउँमा सतीदेवीको भाल अर्थात निधार पतन भएको थियो र उति बेलामै भालेश्वर महादेव त्यस ठाउँमा उत्पन्न भएका थिए । सोही कुरा श्री स्वस्थानी व्रतकथाले पनि जनाउँछ ।
भालेश्वर महादेव मन्दिर रहेको चन्द्रागिरी नामक पर्वतको नामकरण चित्लाङ्ग भन्ने स्थानबाट उत्तरपूर्व दिशामा हेर्दा चन्द्र आकारमा रहेको पर्वत भएको भएर चन्द्रागिरी रहन पुगेको भन्ने मान्यता छ । ‘चन्द्र’ भन्नाले चन्द्रमा आकार भन्ने बुझिन्छ भने ‘गिरी’ भन्नाले पर्वत बुझिन्छ ।

       

नेपालको इतिहासमा पनि यस ठाउँको महत्वपूर्ण भूमिका रहेको छ । नेपाल एकीकरण अभियन्ता पृथ्वीनारायण शाहले एक पटक आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य फर्किने क्रमा चन्द्रागिरी हुँदै फर्किएका थिए र यही स्थानबाट उनले सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेका थिए ।

उनले त्यस पर्वतको उचाईबाट उति बेलाको नेपाल देश अर्थात अहिलेको काठमाडौं उपत्यकालाई जितेर राजा हुने इच्छा राखेर मन्दिरमा वरदान मागे । यसै खण्डमा उनका साथमा रहेका दुई ज्योतिष भानु अज्र्याल र कुलानन्द ढकालले उनको इच्छा पुरा हुने भविष्यवानी गरेका थिए ।

       

चन्द्रनगिरीमै रहेर उनी आध्यात्मिक साधानामा साधनारत रहे र नेपाल एकीकरणका लागि त्यहीबाट शक्ति आर्जन गरेका थिए भन्ने जनविश्वासमा मान्यता छ ।

नेपाल एकीकरणको प्रारम्भ विन्दु चन्द्रागिरी नै रहेको थियो र त्यस कार्यमा सफल हुनुका कारण भालेश्वर महादेवको वरदान नै हो भन्ने विश्वास त्यहाँका वासिन्दाहरुमा रहेको पाइन्छ । यी कुराहरु पृथ्वीनारायण शाहको दिव्य उपदेशमा पनि उल्लेखित छन् ।

काठमाडौं जिल्ला बाग्मति प्रदेश, नेपाल स्थित यो स्थान रहेको छ । समुन्द्री सतहबाट २५५१ मी उचार्ई र कोर्डिनेट २७० ४१’ २५’ ल् र ८५० १३ु १३” भ् मा अवस्थित ४३९ कि.मी. क्षेत्रफलको चन्द्रागिरी नगरपालिकको मुख्य आकर्षण भालेश्वर महादेवस्थानमा रहेको यस स्थान थानकोटबाट ७ कि.मी. रहेको छ ।

यस उचाईमा रहेर प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै आनन्द लिने दर्शकहरुको घुईचो चन्दागिरी केवलकारको निर्माण २०१६ पछि अत्याधिक रुपमा अगाडि बढेको छ ।

     

चन्द्रागिरीमा लुकेको प्राकृतिक सौन्दर्यलाई अनुभव गर्ने माध्यम पैदल यात्र मात्रै थियो र त्यसलाई सहज बनाउन केवलकार जडान गरिएको हो ।
काठमाडौंकै पहिलो केवलकार, चन्द्रागिरी केवलकार गोन्डोला लिफ्ट ट्रान्सपोर्टेसन प्रणाली बाट चल्ने गर्दछ । यस केवलकारमा ३८ वटा गोन्डोला रहेको छ जसले एक घण्टामा एक हजार मानिस बोक्ने क्षमता राख्दछ । थानकोटको गोदामदेखि केवलकार चढेर ९ देखि १० मिनेटको अवधिमा डाँडाको टुप्पोमा पुग्न सकिन्छ र त्यहाँबाट हरियोवन र कुहिरो दृश्यावलोकन सहित केवलकारबाट मनोरम काठमाडौं शहरको सौन्दर्य हेर्न सकिन्छ र साथै ३ वटा सामान ढुवानी गर्ने गरी जम्मा ४१ वटा गोन्डाला जोडिएका छन् ।

                   

केवलकारको मार्गमा ११ वटा टावरहरु छन् भने यसको कुल लम्बाई २४६० मिटर रहेको छ । चट्याङ्ग पर्दा र तीब्र गतिमा हावाहुरी चल्दा यसको गति कम हुने र आफै रोकिने सेन्सर प्रविधि पनि यसमा जडान गरिएको छ ।

धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थानमा संचालनमा ल्याएको केवलकार परियोजना अन्तर्गत थानकोट चेकपोष्ट देखि १३०० मिटर दक्षिण पश्चिममा रहेको केवलकारको बेस स्टेशन १२० रोपनीमा फैलिएको छ । यो जग्गा चन्द्रागिरी हिल्स् लिमिटेडको स्वामित्वमा रहेको छ र साथै यस संस्थाले सरकारबाट थप ३६ हेक्टर जग्गा ४० वर्षसम्मको लागि भाडामा लिएको छ । केवलकार परियोजनाको पूर्वाधार निर्माणको जिम्मा ४ वटा निर्माण व्यवसायीले लिएका थिए ।

काठमाडौंं वातावरण मैत्री भनिएको यो परियोजना अपाङ्ग मैत्री पनि रहेको छ । बेस स्टेशनदेखि सबैभन्दा उचाईमा रहेको भ्यू टावरसम्म हिवल चेयरमा पनि लैजान सकिन्छ । टावरबाट पूर्वमा सगरमाथा देखि पश्चिममा कान्जिरोवा र अन्य विभिन्न किसिमका रमणिय हिमदृश्यहरु देख्न सकिन्छ ।

चन्द्रागिरी डाँडामा पुगेपछि त्यहाँ रहेका ब्रान्डेड पसलहरु त्यस ठाउँको थप आकर्षण रहेका छन् जहाँ मन चिताएर आनन्दसाथ सेवा गर्न सकिन्छ । विहानको खाना, दिउँसोको खाना र रातीको भोजनका लागि चाहिने सम्पूर्ण परिकारहरु पस्कने क्याफे फाउन्टेन पनि एक हो ।

शहरको कोलाहल देखि टाढा चन्द्रागिरीको डाँडोमा पुगेर विभिन्न मनले रुचाएको पेय पदार्थहरुको शितल वातावरणमा बसेर त्यहाँको विषेशताको अनुभव गर्न सकिन्छ । साथै बालबच्चाहरुको लागि खेल्ने र रमाउने निःशुल्क उद्यान पनि चन्द्रागिरीको एउटा अर्को आकर्षण हो ।

         

चन्द्रागिरीको मनोरम वातावरणमा बैठक, सभा आदिको आयोजना गर्दा त्यही रहेको सेमिनार हल प्रयोग गर्न सकिन्छ साथै साना साना व्यवसायिक बैठकदेखि ठूला सभाहरु समेत गर्न सक्ने क्षमता यस हलले राख्दछ । त्यहाँ रहेका अनुभवी र दक्ष कर्मचारीहरु द्वारा बैठक संचालन गर्न सेवा प्रदान पनि गरिन्छ ।

चन्द्रागिरी नगरपालिका, फाखेल र मकवानपुर जिल्लाको चित्लाङ्ग गाउँको सिमानासँग जोडिएको यस परियोजनाभित्र रिसोर्ट पनि निर्माण गरिएको छ । काठमाडौंबाट फर्पिङ्ग ४५ कि.मि. सिस्नेरी हुँदै ५५ कि.मी. र चित्लाङ्गबाट ३० कि.मी. को ट्रेकिङ्ग पछि चन्द्रागिरी भालेश्वर महादेव पुग्न सकिन्छ ।

चित्लाङ्ग शान्त र रमणीय स्थान भएको हुँदा यहाँ अवस्थित ढुंगेधाराबाट चिसो स्वच्छ पानी पिए पश्चात महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुन मन्दिरमा जान्छौं यात्री भन्ने कविता रचेका थिए भन्ने कुरा त्यहाँका जनमानिसबाट सुन्न पाइन्छ ।

प्राकृतिक सौन्दर्यताले भरिएको यस चन्द्रागिरी ऐतिहासिक रुपले महत्वपूर्ण छ भने आफ्नै छुट्टै एउटा धार्मिक मौलिकताले पनि परिचित छ । प्रकृतिले नेपाललाई धेरै श्रोत र साधनहरु दिएको छ ।

नेपाली मानिसहरुमा इच्छाशक्ति र प्रविधिलाई जोडियो भने र साथै आर्थिक लगानी पनि गर्न सक्यौं भने प्रकृतिका यस्ता कयौं उपहारहरु र श्रम साधनलाई उपयोग गरि विकास तर्फ लम्कन सकिन्छ । यसको प्रत्यक्ष उदाहरण हो चन्द्रागिरी केवलकार ।

यस केवलकारको विकासले गर्दा भक्तजनहरुको भालेश्वर मन्दिर दर्शन गर्ने मनोकांक्षा सजिलै पुरा गर्न सकिएको छ र साथै त्यस स्थानलाई उच्च स्तरमा विकास गर्ने बाटो देखाएको छ ।


सम्पूर्ण फोटोः हरि गोपाल प्रधान

prabhu mahalaxmi
kumari