stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकमा खल्ती डिजिटल वालेट मार्फत सुपर चमत्कारिक कर्जाको आवेदन दिन सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले खल्ती डिजिटल वालेट मार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नयाँ सु्विधा ल्याएको छ ।

बैंकले ल्याएको यस योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थान र समयमा आवेदन दिन सक्ने छ ।

त्यस्तै, बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरिरहेका ग्राहकहरूले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा १४ असोज २०७७ सम्म ५० रुपैयाँ नगद उपहार प्रदान गर्ने व्यवस्था खल्ती वालेटले गरेको छ ।

ग्राहकले खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।

सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । आवेदकको ग्राहकलाई कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएसबाट जानकारी गराउनेछ । साथै आवेदकले समेत यस बैंकको वेबसाइटमा गई लोन स्टाटस आफै ट्रयाक गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari