stcnepal long ad
ime life insurance
national life
global ime bank long

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए ।

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा थेरापी वरदान सावित भएको संघले जनाएको छ। एक पिन्ट प्लाज्माबाट हजारौंलाई जोगाउन सकिने चिकित्सक बताउँछन्।

‘कोरोना संक्रमितका साथै अन्य व्यक्तिमा त्रास फैलँदै गएकोेले मनोबल बढाउन पनि यो अभियान अघि सारिएको हो’, डा। कार्कीले भने, ‘संक्रमणपछि निको भएकाहरूलाई हेप्ने, छिःछिः दुरदुर गर्ने प्रवृत्ति देखिएको छ।

समाजमा दुव्र्यवहार हुँदा लुकेर बसेका छन्। दुव्र्यवहार होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि अभियान सुरु गरिएको हो।’

प्लाज्मा थेरापीबाट पहिलो पटक विराटनगरका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीको उपचार गरिएको थियो। झन्डै ६० जना व्यक्तिले प्लाज्मा दान गरिसकेको संघले जनाएको छ। प्लाज्मा दान गर्ने व्यक्तिलाई चिकित्सकले सम्मान गर्ने भएका छन्। प्रशंसापत्रसहित उच्च सम्मान गरिने संघका महासचिव डा। बद्री रिजालले बताए। ,यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

prabhu mahalaxmi
kumari